धनगढीः सत्ता गठबन्धनका शीर्ष नेताहरू आज गठबन्धनको प्रदेशस्तरिय कार्यकर्ता भेलामा सहभागी हुन धनगढी आउने भएका छन् ।
धनगढीमा आयोजना हुने भेलामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने भएका हुन् ।
धनगढीमा बिहान ११ बजे कार्यक्रम हुने जनाएको छ । आजै कर्णाली प्रदेशमा भेला हुने जनाएको छ।

