काठमाडौं– अर्थशास्त्री तथा कांग्रेस नेता स्वर्णिम वाग्लेले गगन थापा प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् । राजधानी काठमाडौंमा युथ कांग्रेसले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सिङ्गो देशको विकास गर्न गगनको नेतृत्व आवश्यक रहेको बताए ।
‘सांसदहरू ल मेकर भएको तर, अहिलेका सांसदहरू तालि बजाउने रबर स्टायाम जस्ता देखिन्छन् । संसद्को अभ्यास संसदीय समितिहरूमा धेरै हुन्छ,’ उनले भने, ‘२०१४ मा म योजना आयोगको सदस्य थिए ।गगन जी जलस्रोत कृषि विभागमा हुनुहुन्थ्यो । कृषिमा गरेको काम , बुढिगण्डकी स्वदेशी लगानीमा बनाउन सकिन्छ स्रोत जुटाउन सकिन्छ जस्ता काम भयो ।’
वाग्लेले ७ महिना गगन स्वास्थ मन्त्री भएर ठूलो योगदान भएको उल्लेख गर्दै क्षेत्र नम्बर ४ का मतदाताले गगनलाई भोट दिएर राज्यरूपान्तरणमा सहयोग गर्न आग्रह गरे ।

