KhabarUjyalo

डोम,चमार,भोटे,शेर्पा नै मेरा छोराछोरी : ओली

५ कार्तिक २०७९, शनिबार
डोम,चमार,भोटे,शेर्पा नै मेरा छोराछोरी : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना छोराछोरी नै डोम, चमार, भोटे शेर्पा भएको बताएका छन् । शुक्रबार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनाव लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्ना छोराछोरी नभएकाले विभिन्न जातजातिका छोराछोरी नै  आफ्ना छोराछोरी भएको बताएका हुन् । 

ओलीले भने – ‘तपाईहरुलाई थाहा छैन होला । मेरा छोराछोरी कोही डोम छन् । कोही चमार छन् । कोही भोटे छन्’ ओलीले भने, ‘ओलीका छोराछोरी छैनन् किनभने मेरा छोराछोरी छैनन् तपाईहरुलाई थाहा होला । अरु जनजातिका छोराछोरी छन् ।’  जब मेरा छोराछोरी नै डोम चमार भोटे शेर्पा छन् भने मेरो पार्टीको दृष्टिकोण के होला भन्दै ओलीले प्रश्न गरे ? ‘मैले बाहुनका छोराछोरी खोजेर पढाएको छैन । सुगम ठाउँका छोराछोरी पढाएको छैन’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo