KhabarUjyalo

चुनावपछि बन्ने एमालेको सरकारले रेल भन्दा छिटो गतिमा विकास गर्छ : ओली

४ कार्तिक २०७९, शुक्रबार
चुनावपछि बन्ने एमालेको सरकारले रेल भन्दा छिटो गतिमा विकास गर्छ : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौँमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै अबको निर्वाचनपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दाबी गरेका हुन् ।

उनले चुनावपछि बन्ने एमाले सरकारले रेल भन्दा छिटो विकासले गति लिने बताए । उनले वर्तमान गठबन्धन सरकार काम गर्नका लागि नबनेको समेत धारणा राखे ।

ओलीले आफ्नो काम जनताको माया गर्ने र विकास गर्ने भएकाले चर्चा कमाउन मात्रै काम नगर्ने जिकिर गरे । उनले अरूजस्तो फ्री भिसा फ्री टिकट भनेर एमाले कहिल्यै नहिँडेको बरु देशलाई माया गर्नेको पक्षमा काम गर्ने वाचा गरेको बताए ।

उनले आगामी निर्वाचनमा एमालेलाई बहुमत आउने गरी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo