KhabarUjyalo

कार्यकर्तालाई देउवाले भने-‘हिजोका कुराको काम छैन, हामी मिलिसक्यौं, तपाईंहरु पनि मिल्नुस्’

४ कार्तिक २०७९, शुक्रबार
कार्यकर्तालाई देउवाले भने-‘हिजोका कुराको काम छैन, हामी मिलिसक्यौं, तपाईंहरु पनि मिल्नुस्’

पोखरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै एक पार्टीको मात्र बहुमत आउन सक्ने अवस्था नरहेका कारण अहिलेको अवस्थामा गठबन्धन आवश्यक रहेको बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय गठबन्धनको कार्यकर्ता भेलामा बोल्दै देउवाले गठबन्धन सबै नेताका लागि महत्वपूर्ण उपलब्धि भएको दावी गरे ।

‘सबै पार्टी मिलेको खण्डमा मात्रै सरकार बन्छ । भूगोल, राजनीतिले पनि सबै मिलेर बस्नुपर्ने आवश्यक छ । गठबन्धन आवश्यक छ । आज शेरबहादुर छ भने भोलि प्रचण्ड, माधव नेपाल, रामचन्द्र प्रधानमन्त्री हुनुहोला । सबैका लागि यो महत्वपूर्ण उपलब्धि हो । अहिलेको चुनाव धेरै महत्व बोकेको चुनाव हो । समावेशी लोकतन्त्रलाई अघि बढाउँदै देश सच्चा मानेमा राष्ट्रिय एकता कायम गर्नेछ’, देउवाले भने ।

उनले विगतका कुरा सम्झिएर काम नभएको भन्दै राजनीतिमा कुनै पनि ठाउँमा समझदारी गर्नुपर्ने हुन सक्ने औंल्याए । ‘हिजोका कुरा ल्याएर केही काम छैन । राजनीतिमा हिजो–आजका कुरै छैन । हिजोका कुराको काम छैन, सम्झनुपर्ने केही छैन । गठबन्धनमा कुनै हालत र बहानामा शंका नहुने अवस्था छ । गठबन्धनमा समस्या ल्याउने काम कुनै पार्टीले गर्नु हुँदैन’,

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo