काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङबाट एमालेका उम्मेदवार योगेश भट्टराईले मतदातालाई ‘थप्पड हान्छु’ भन्दै थर्काएको भिडियो भाइरल भएको छ ।
भाइरल भएको भिडियोमा भट्टराईले एक चुनावी सभालाई सम्बोधन गरिरहेका छन् । चुनावी सभालाई सम्बोधन गर्ने क्रममा हल्ला गरेको भन्दै भट्टराईले मतदातालाई थर्काएका छन् ।
सभालाई सम्बोधन गर्दागर्दै योगेशले ‘यो दाइलाई उता लानुस् त, यो दाइको मुखमा टेप लाइदिनुस्, सेन्तेरेम खाएर कराउने होइन है, उता जानुस्, धेर सेन्तेरेम खायो भने अहिले थप्पड खान्छ’ भन्दै मतदाता थर्काएका छन् ।
योगेशले मतदातालाई थर्काको भिडियो भाइलर भएपछि जनता योगेशविरुद्ध खनिएका छन् । मतदाता थर्काएको भन्दै सामाजिक सञ्जालमा योगेशको विरोध भइरहेको छ ।
भिडियो अघिल्लो निर्वाचनको हुनसक्ने अनुमान गरिएको छ ।

