KhabarUjyalo

ओलीले होलीवाइन प्रकरणमा रावललाई जोडेपछि रावलको भने– के मात्रै गर्न बाँकी राख्छन् होला ?

३ कार्तिक २०७९, बिहीबार
ओलीले होलीवाइन प्रकरणमा रावललाई जोडेपछि रावलको भने– के मात्रै गर्न बाँकी राख्छन् होला ?

नेकपा एमालेका नेता भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा टिकटबाट बन्चित गरिएका रावलले अध्यक्ष ओलीले के मात्र गर्न बाँकी राख्छन् होला र ? भन्ने प्रश्न गरेका छन् । 

बिहीवार सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले दुर्नाम संस्था होलिवाइन भनी चिनिने एकनाथ ढकाललाई सांसद बनाउने गलत निर्णय उदांगिएपछि त्यसको दोष आफूमाथि लगाएको बताएका छन् । 

रावलले ट्वीटरमा लेखेका छन्, ‘दुर्नाम संस्थाका होलिवाइन भनी चिनिने एकनाथ ढकाललाई प्रतिनिधि सभा सदस्य बनाउने गलत निर्णय उदांगो भएपछि एमाले अध्यक्ष केपीले होलिवाइनको प्रचारक भीम रावल भन्नु भएछ । यस्तो भन्नसक्नेले अरू के मात्रै गर्न बाँकी राख्छन् होला र ? राजनीति विकृत त्यसै भएको हो र !’ 

एमालेले समानुपातिक उम्मेदवारको सूचीमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम राखेका छन् । उक्त विषयले चर्चा पाइरहेको छ । एक सञ्चारमाध्यमले समानुपातिक उम्मेदवारको सूचीका विषयमा सोधेको प्रश्नमा ओलीले होलिवाइनको प्रचारक भीम रावल बनेको बताएका थिए । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo