KhabarUjyalo

माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

३ कार्तिक २०७९, बिहीबार
माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले पत्राचार गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि रौटहट– १ बाट उम्मेदवार बनेका नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै आयोगले दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) बमोजिम उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था छ । तर, उक्त ऐनविपरीत नेपालले मतदातालाई प्रलोभनमा पार्ने काम गरिएको पत्रमा भनिएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo