धनगढी : नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गाेदावरी क्षेत्रमै राजधानी बन्ने बताएका छन् ।
गाेदावरी नगरपालिका वडा नम्वर ४ गाेदावरीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वाेधन गर्दै उनले गाेदावरी क्षेत्रमा राजधानी बनाउनुका साथै धार्मिक पर्यटकीय क्षेत्र बनाउनु पर्ने बताएका हुन् । गाेदावरी धामकाे बिकासका लागि डिपिआर बनाउने काम भईरहेकाे बताउदै उनले राजधानि निर्माण मुख्यमन्त्रि र केही अरु नेताकाे स्वार्थका कारण नबनेकाे बताए ।
उनले गाेदावरी क्षेत्रमा रहेकाे बिधुत, खानेपानि र तटबन्ध लागि पहल गरेकाे बताए । खानेपानी ब्यबस्थापनका लागि गाेदावरी नदीमा डिपिआरका बनाएर अगाडी बढीरहेकाे बताउदै उनले गठबन्धन सरकारले विभिन्न वाहाना राेकेकाे बताए ।
यस्तै उनले गठबन्धनका नाममा राष्ट्र र राष्ट्रियता बेच्न लागिरहेकाे बताए । नागरिकता बिधयक पास गरेर विदेसि महिलालाई सिन्धुर हालेर नागरिकता बेच्ने काम गरेकाे बताए । राष्ट्रपतिले नागरिकता बिधयक राेकेर राष्ट्रियता बचाएकाे बताउदै उनले गठबन्धन सरकारका नेता कार्यकर्ताले राष्ट्रियता बचाउदा उल्दै राष्ट्रपतिलाई तथानाम गालि गरकाे बताए ।
उनले एमालेकाे सरकारले काेराेना संक्रमणका बेला नागरिककाे जिवन रक्षाका लागि महत्वपुर्ण भुमिका खेलेकाे बताए । अन्य देशका भन्दा कम मृत्यु दर कम रहकाे बताउदै उनले अक्सिजन र अाैषधि उचित प्रबन्ध गरेका कारण कम भएकाे बताए ।
क्षेत्र नम्वर ४ प्रदेश (ख) का उमेदवार हरि सिह साउदले नेकपाकाे सरकार हुदा बिकासकाे लहर छाएकाे बताए । उनले एमालेले गरेकाे बिकास गरेकाे देखेर गठबन्धन सरकार अलात्तालिएकाे र गाैरवका याेजनाहरु बन्द गरेकाे बताए ।
उनले कुनै बेला गाेदावरीमा राजधानि चाहियाे भन्दै आन्दाेलन गर्नेहरु अहिले आएर डाेटी लजान्छु भन्नेहरुका पछि लागेकाे बताए । उनले कैलाली क्षेत्र नम्वर ३ बाहिरबाट चुनाव लड्न आएकाहरु बिकास गर्न नभई राजधानि लैजान र बिकासमा पछाडी पार्न आएकाे बताए ।
उनले प्रधानमन्त्री शेर बहादुर देउवाले बनेकाे संरचनालाई भग्नावसेस बनाएर डडेल्धुरामा मेडिकल कलेज घाेषणा गरेकाे आराेप लगाए । उनले गाेदावरी नगरपालिकामा वडा नम्वर ५ मा बनेका संरचनालाई उपयाेगमा लगाएर मात्र अरु ठाउमा घाेषणा गर्न अनुराेध गरे ।
नकेपा एमालेकाे सरकार भएका बेला जनपक्षिय काम भएकाे बताउदै उनले गठबन्धन सरकारले महगिले जनतामाे ढास सेकाउने काम गरेकाे बताए । उनले गठबन्धन सरकारले आफ्ना नेता र कार्यकतालाई पक्षपाेषण गर्ने काम गरेकाे बताए ।

