KhabarUjyalo

कात्तिक १७ अघि आमसभा गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

३१ आश्विन २०७९, सोमबार
कात्तिक १७ अघि आमसभा गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारले कात्तिक १७ गतेअघि आमसभा गरे उम्मेदवारी खारेज हुने निर्वाचन आयोगले चेतावनी दिएको छ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कात्तिक १८ गतेपछि मात्र आमसभा गर्न पाइने तर, १७ गतेअघि आमसभा गरेमा उम्मेदवारी खारेज हुने बताए । उनका अनुसार अहिलेको अवस्थामा २५ जनासम्मको समूहमा मतदाताबीच घरदैलो कार्यक्रम गर्न पाइन्छ ।

तर, अहिले राजनीतिक दलहरुले घरदैलो कार्यक्रम गर्ने क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको थुप्रै उजुरी आइरहेको पनि आयुक्त भण्डारीले जानकारी दिए । उनका अनुसार आयोगमा परेका उजुरीको अनुसन्धान सुक्ष्म रुपमा भइरहेको र कठोर भएर कारबाही गरिन्छ ।

उजुरीहरु स्थानीयस्तरका निर्वाचन अधिकृतहरूबाट कारबाही भयो भने ठीकै छ । यदि त्यहाँबाट पनि कारबाही भएन भने आयोगले कठोर भएर कारबाही गर्नेछ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo