KhabarUjyalo

एमालेका महासचिवद्वारा कांग्रेस घोषणापत्रको कभर स्केच चोरी !

३१ आश्विन २०७९, सोमबार
एमालेका महासचिवद्वारा कांग्रेस घोषणापत्रको कभर स्केच चोरी !

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्यका लागि दाङ–२ का उम्मेदवार हुन् । उनलाई कांग्रेसको स्केच चोरी गरेको आरोप लागेको छ ।

पार्टीको घोषणापत्र लेख्न व्यस्त पोखरेललाई नेपाली कांग्रेसले घोषणापत्रमा प्रयोग गरेको स्केच चोरी गरेको आरोप लागेको हो ।

महासचिव पोखरेलले १४ अक्टोबर २०२२ मा फेसबुकमार्फत एउटा पोस्टर सार्वजनिक गरेका छन् । आफ्नो तस्बिरसहित पोखरेलले सार्वजनिक गरेको पोस्टरमा प्रयोग गरिएको स्केच नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–७०२४ मा जारी गरेको घोषणापत्रको कभरमा प्रयोग गरिएको स्केचसँग ठ्याक्कै मिल्छ ।

कांग्रेसले पाँच वर्ष अगाडि घोषणापत्रमा प्रयोग गरेको स्केच महासचिव पोखरेलले जारी गरेको निर्वाचन लक्षित पोस्टरमा देखिएपछि सामाजिक सञ्जालमा स्केच चाेरी गरेकाे आरोप लाग्न थालेको हो ।

स्केच निक्कै सुन्दर र आशा जगाउने खालको छ । उत्तर चीनतर्फबाट रेल आउँदै छ । दक्षीण तराईतिर ठूला सडक र पहाडी भूभागतिर सुरुङ देखाइएको छ । हिमाल र पहाडलाई पृष्ठभूमि बनाएर धार्मिक तथा सांस्कृतिक सम्पदाहरू देखाइएका छन् ।

सार्वजनिक रूपमै स्केच चोरी गरेको आरोप लागे पछि महासचिव पोखरेलको फेसबुकबाट हटाइएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo