KhabarUjyalo

भक्तपुरलाई भ्रष्टाचारमुक्त बनाउँछु : एमाले नेता महेश बस्नेत 

३० आश्विन २०७९, आईतवार
भक्तपुरलाई भ्रष्टाचारमुक्त बनाउँछु : एमाले नेता महेश बस्नेत 

भक्तपुर । नेकपा एमालेबाट भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतले सत्ता गठबन्धनका नेता स्तरमा मात्रै सीमित रहेको दाबी गरेका छन् । ‘गबन्धन नेताहरूबीच मात्रै छ, कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन,’ उनले भने, ‘त्यसकारण यो गठबन्धनले एमालेलाई केही असर गर्दैन ।’

प्रेस चौतारी भक्तपुरले आइतबार आयोजना गरेको अन्तर्क्रियामा बस्नेतले आफू जनस्तरमा पुग्दा गठबन्धनविरुद्ध सत्ता गठबन्धन कै कार्यकर्ताहरू रहेको पाएको दाबी गरे । यही कारण आफूहरूले ती कार्यकर्तासँग भेटिरहेको उनको भनाइ थियो ।

‘हामी सता गठबन्धनका कार्यकर्ताहरूलाई भेटिरहेका छु, ती कार्यकर्ताहरू हामीप्रति सकारात्मक छन्,’ उनले भने ।

आफू विजयी भए भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाको रूपमा विकास गर्ने पनि बताए । ‘भक्तपुरमा काम गर्दा एक पैसा पनि कहीकतै घुस दिन नपर्ने गरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त बनाउँंछु,’ बस्नेतले भने ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo