काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रलाई स्थाइत्यो दिन जरुरी रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले प्रजन्तंत्र जोगाउन सबै नेताहरु एक भएर जानुपर्ने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कुनै पनि पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नभएको र गठवन्धनमा मिल्नुको विकल्प नरहेको बताएका हुन् । उनले अहिलेको संविधानमा समावेसिता भएको र सबै नेपालीलाई अटाउने ठाउँ भएको बताए ।
मिल्नर निर्वाचन लड्ने सस्कृतिको विकास भएको प्रधानमन्त्री देउवाले बताए । उनले सबै पार्टी मिलेर लोकतन्त्रको सुदृढ गर्ने र गरिवी घटाउनु पर्ने बताए ।

