KhabarUjyalo

असन्तुष्ट दलका नेतालाई भित्र्याएर जित निकाल्ने दाउमा खाण !

३० आश्विन २०७९, आईतवार
असन्तुष्ट दलका नेतालाई भित्र्याएर जित निकाल्ने दाउमा खाण !

रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) बाट स्थानीय तह निर्वाचनमा शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका भरथरी यादव कांग्रेस प्रवेश गरेका छन् ।

आइतबार बिहान कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले यादवलाई पार्टी प्रवेश गराएका हुन् । शुद्धोधन गाउँपालिका–५ घर भएका यादव शुद्धोदनमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । गृहमन्त्री खाण असन्तुष्ट दलका नेतालाई काङ्ग्रेस भित्र्याउन सक्रिय रहेका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट सत्तागठबन्धनका तर्फबाट कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणले उम्मेदवारी दिएका छन्। एमाले–जसपा गठबन्धनबाट राप्रपाका दीपक बोहरा चुनावी मैदानमा छन्। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo