KhabarUjyalo

भीम रावललाई एकीकृत समाजवादीबाट चुनाव लड्न माधव नेपालको प्रस्ताव

२२ आश्विन २०७९, शनिबार
भीम रावललाई एकीकृत समाजवादीबाट चुनाव लड्न माधव नेपालको प्रस्ताव

काठमाडौँ,२२ असोज  । एमालेबाट आउँदो चुनावका लागि टिकट नपाएका नेता भीम रावललाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट चुनाव लड्न प्रस्ताव गरेका छन् ।

नेपालले शनिबार बिहान नेता रावललाई टेलिफोन गरेर अछाम क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभाको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् । तर नेता रावलले भने टिकट नपाए बरु चुनाव नलड्ने तर एमाले नछोड्ने जवाफ दिएको स्रोतले बताएको छ ।

सत्ता गठबन्धनको तर्फबाट अछाम १ नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । नेपालले सोही क्षेत्र रावललाई दिने प्रस्ताव गरेका हुन् ।

तर एमाले नेता रावलले सो प्रस्ताव अस्वीकार गरेपछि पूर्व योजना अनुसार नै हाल श्रममन्त्री पनि रहेका शेरबहादुर कुँवरलाई उठाउने तयारी गरेको छ । अछाम १ बाट रावललाई हटाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमाले प्रवेश गरेका झपड बोहोरालाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo