KhabarUjyalo

कांग्रेसले कैलाली ५ मा पन्त र कैलाली ४ मा बलायरलाई टिकट दियो

२२ आश्विन २०७९, शनिबार
कांग्रेसले कैलाली ५ मा पन्त र कैलाली ४ मा बलायरलाई टिकट दियो

धनगढी : नेपाली कांग्रेसले प्रतिनिधिसभामा गठबन्धनबीच भाडबन्डामा पाएको ८४ सिटमध्ये ६० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।

शुक्रबार राति बसेको कांग्रेस संसदीय बोर्डको बैठकले ६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको हो ।

कैलाली – ५ बाट पुर्वप्रदेश सांसद डिल्लीराज पन्तलाई उम्मेदवार बनाएको छ भने कैलाली – ४ बाट सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरलाई उम्मेदवार बनाएको छ । यी दुई क्षेत्रलाई चासोका रुपमा हेरिरहेको थियो । थुप्रै आकांक्षा रहेकोमा अन्तिममा यी क्षेत्रबाट पन्त र बलायरलाई पार्टीले टिकट दिएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo