KhabarUjyalo

गठबन्धनबाट डडेल्धुरामा प्रतिनिधिसभामा देउवा, प्रदेश क मा खगराज र ख मा बोहरा लड्ने पक्का !

२१ आश्विन २०७९, शुक्रबार
गठबन्धनबाट डडेल्धुरामा प्रतिनिधिसभामा देउवा, प्रदेश क मा खगराज र ख मा बोहरा लड्ने पक्का !

डडेल्धुरा : सत्ता गठबन्धनका दलहरुबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँड भएको छ ।

डडेल्धुरामा प्रतिनिधि सभा नेपाली कांग्रेसले पाएको छ भने प्रदेश सभा क मा नेकपा माओवादी केन्द्र र प्रदेश ख मा नेपाली कांग्रेसले पाएको छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवारी दिने भएका छन् । प्रदेश सभा क मा माओवादीले खगराज भट्टलाई सिफारिस गरेको छ । भने प्रदेश सभा ख मा नेपाली काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहोरालाई सिफारिस गरेको छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा केन्द्रिय बिभाग प्रमुख नेता तारा जोशीले दाबी गरेपनी अन्तिम बोहरा दिने सहमति भएको छ ।

आजै एमालेले नेपाली कांग्रेस विपिबाट उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ । प्रदेश क मा पठान सिंह बोहारा र ख गजेन्द्र शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo