१८ मंसिर २०७९, आईतवार

मलाई दुःख लाग्छ, नेपाली विज्ञानलाई बेवास्ता गरेर नागपञ्चमीमा सर्प पुज्न लाग्छन् : डा. भट्टराई

९ आश्विन २०७९, आईतवार
मलाई दुःख लाग्छ, नेपाली विज्ञानलाई बेवास्ता गरेर नागपञ्चमीमा सर्प पुज्न लाग्छन् : डा. भट्टराई

काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली समाजले सर्पको फोटो टास्ने दिनलाई धुमधाम मनाउन्छन् तर विज्ञानको महत्व बुझ्न नसकेको बताएका छन्।

आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले विज्ञानको विकास अध्ययनमा अघि बढ्नुपर्ने समाज रुढीवादी संस्कारमा अल्झिएको भन्दै असन्तुष्टि व्यक्त गरे। 

भट्टराईले असोज १ गतेलाई आफूले विज्ञान दिवस मनाउने भनेर सुरुआत गरे पनि अहिले नागपञ्चमीका नाममा सर्प पूजा गर्न लागेको बताएका छन्। 

उनले विज्ञानको महत्व के हो भन्नेमा अहिले पनि नेपाली समाजको ध्यान नगएको बताए। उनले भने, ‘अध्ययन अनुसन्धान वैज्ञानिक ढंगले गर्ने हो भने विज्ञान र प्रविधिलाई ध्यान दिनुपर्छ भनेर असोज १ गतेलाई विज्ञान दिवस भनेर शुरुआत गरेको थिएँ, तर मलाई दुःख लाग्छ, त्यो विज्ञान दिवस कसैले पनि सम्झिँदैनन् र कसैले पनि मनाउँदैनन्। नागपञ्चमी बरु सर्पको फोटो टास्ने दिनलाई धुमधाम मनाउँछौं पूजा गर्छौं। तर, विज्ञानको महत्व के हो भन्नेमा अहिले पनि हाम्रो ध्यान गएको छैन।’ 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo