KhabarUjyalo

राष्ट्रपतिले पदबाट राजिनामा दिएर निर्वाचन लड्दा हुन्छ : मिलन पाण्डे

५ आश्विन २०७९, बुधबार
राष्ट्रपतिले पदबाट राजिनामा दिएर निर्वाचन लड्दा हुन्छ : मिलन पाण्डे

काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले राष्ट्रपति भण्डारीलाई पदबाट राजीनामा दिएर निर्वाचन लड्न सुझाव दिएका छन् । राष्ट्रपति पदमा बसेर कसैले पनि राजनीति गर्न नमिल्ने उनले बताएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटक पारित भई प्रमाणिकरणका लागि पठाइएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता(पहिलो संशोधन) ऐन २०७९ को विधेयक दोस्रो पटक पनि प्रमाणिकरण नभएपछि उनले समाजिक संजालमार्फत प्रतिक्रिया दिएका हुन् । उनले राष्ट्रपति पदमा बसेर एउटा पार्टीको राजनितिका लागि काम गरेको आरोप समेत लगाएका छन् ।

राष्ट्रपतिबाट पटक पटक संविधान विपरित काम भएको भन्दै राष्ट्रपति पदबाट राजिनामा दिएर निर्वाचन लड्न आग्रह गरेका छन् । ‘पदमै रहेर राष्ट्रपतिले संविधान मिच्न मिल्दैन । यदि चित्त नबुझेकै हो भने पदबाट राजीनामा दिएर निर्वाचन लड्दा हुन्छ । तर, त्यो पदमा रहेर एउटा पार्टीको राजनीति गर्न मिल्दैन । एकचोटी होइन, दुई चोटि होइन, बारम्बार त्यही हुँदै छ । संविधानभन्दा माथि कोही छैन । विधिको शासनभन्दा माथि कोही छैन,’ पाण्डेले ट्वीटरमा लेखेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo