KhabarUjyalo

एमालेले भन्यो- महेश बस्नेतको बेइज्जत गर्नेहरुलाई प्रतिकार गर्न निर्देशन

१६ भाद्र २०७९, बिहीबार
एमालेले भन्यो- महेश बस्नेतको बेइज्जत गर्नेहरुलाई प्रतिकार गर्न निर्देशन

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरले पार्टीका नेता युवा नेता एवं सांसद महेश बस्नेतविरुद्ध सामाजिक सञ्जालमा अपमान र बेइज्जत गर्नेको प्रतिकार गर्न निर्देशन दिएको छ । एमाले भक्तपुर जिल्लाका अध्यक्ष बचन देउजाले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी नेता बस्नेतविरुद्द सामाजिक संजालमा भ्रामक तथ्यहिन सामाग्रीराख्ने र बेइज्जत गर्नेहरुलाई आआफनो तह, तर तप्काबाट शसक्त प्रतिरोध गर्न  निर्देशन दिएका हुन् ।  

विज्ञप्तिमा भनिएको छ, ‘आम पार्टीका कार्यकर्ता र जनसमुदायले सचेततापूर्वक आफनो तह र तप्काबाट त्यस्ता कार्यको शसक्त प्रतिकार गर्न  साथै यस्ता अपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी कारबाही गर्न सरकारसँंग पनि जोडदार माग छ।’

नेता बस्नेतले काठमाडौंका मेयर बालेन शाहका समर्थकहरुलाई दिएको अभिव्यक्तिप्रति सामाजिक संजालमा आलोचना भएको थियो र त्यसपछि सामाजिक संजालमा महेश बस्नेत र वाइसीएलबिच भएको विवादको पुरानो भिडियो राखेर वाइसीएलले महेश बस्नेतलाई लखेटे भन्दै प्रचारप्रसार गरिएको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo