धनगढी । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ डा. आरजू राणा देउवालाई उम्मेदवार बनाउने भएको छ ।
नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधबार बसेको बैठकले डा. राणालाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उम्मेदवार बनाएको हो ।
प्रतिनिधि सभा समानुपातिकतर्फबाट जीवन रानालाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।
यस्तै प्रदेश सभा निर्वाचनको लागि प्रदेशको प्रत्यक्ष र समानुुपातिकतर्फ भने २६ जनाले दाबी गरेका छन् । बुधबार नेपाली कांग्रेस कैलाली धनगढी पार्टी कार्यालयमा बसेको बैठकले उमेदवारको नाम सिफारिस गरेको छ ।

