KhabarUjyalo

उम्मेद्वारको नाम सिफारिस गर्दा रकम माग्ने र उठाउने काम नगर्न कांग्रेसको निर्देशन

१४ भाद्र २०७९, मंगलवार
उम्मेद्वारको नाम सिफारिस गर्दा रकम माग्ने र उठाउने काम नगर्न कांग्रेसको निर्देशन

काठमाडौं–  सत्तारुढ दल नेपाली कांग्रेसले उम्मेद्वारहरुको सिफारिस गर्दा कुनै पनि प्रकारको रकम माग र रकम नउठाउन निर्देशन दिएको छ। 

सोमबार कांग्रेस मुख्यसचिव कृष्ण पौडेले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई निर्देशन दिएको हो। पार्टीको निकायबाट आशन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि उम्मेद्वारको नाम सिफारिस गर्दा नगद रकम माग गरिएको जानकारी प्राप्त भएको भन्दै कांग्रेस केन्द्रको गम्भीर ध्यानाकर्षण भएको र विधानविपरीत त्यस्तो कार्य नगर्न, नगराउन निर्देशन दिएको कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo