KhabarUjyalo

वृद्धभत्ता एमालेको ब्राण्ड हो : सुरेन्द्र पाण्डे

१८ जेष्ठ २०७९, बुधबार
वृद्धभत्ता एमालेको ब्राण्ड हो : सुरेन्द्र पाण्डे

काठमाण्डाै – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का सांसद सुरेन्द्र प्रसाद पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाे बताउनु भएकाे छ । 

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाले जसले जति वर्षमा झारेर दिए पनि केही फरक नपर्ने बताउनु भएकाे हाे । सांसद पाण्डेले वृद्धभत्ता ६८ वर्षमै दिए पनि एमालेले स्याबासी पाउने बताउनुभयो । साथै उहाँले वृद्धभत्ता ५ हजार रुपैयाँ पुुर्याएको भए पनि राम्रो हुने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘वृद्धभत्ता जतिसुकै कुरा गरे पनि यो एमालेको ब्राण्ड जस्तो हुन्छ । तपाईँ ६८ मा झार्नुस्, ५८ मा झार्नुस् केही फरक पर्दैन । वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास् गर्छन् । ताली ठोक्छन् ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo