KhabarUjyalo

कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

२१ बैशाख २०८३, सोमबार
कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा इँटा भट्टामा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् ।

पुनर्वास नगरपालिका–७ ‘च गाउँ’को न्यू इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर शाहीका अनुसार गएराति इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा भारतको उत्तरप्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको मृत्यु भएको बताए ।

११ वर्षीया घुर्रा कुमार गम्भीर घाइते छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनापछि चालक फरार छन् । उनको परिचय खुलेको छैन् । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo