KhabarUjyalo

ओली पुगेर भाषण गरेका सबै ठाउमा एमाले पराजित

८ जेष्ठ २०७९, आईतवार
ओली पुगेर भाषण गरेका सबै ठाउमा एमाले पराजित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्क प्रसाद ओली पुगेर भाषण गरेका सबै ठाउमा एमाले पराजित भएको छ ।

गत बैशाख ३० गते भएको स्थानीय तह निवार्चनको अन्तिम नतिजा आउने क्रम जारी छ । धेरै स्थानीय तहको नतिजा आइसकेको छ भने केही तहको मात्र आउन बाकि छ । हालसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस अग्रस्थानमा छ भने नेकपा एमाले दोस्रो र त्यस्तै, नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

निर्वाचनकै क्रममा आली एक्लै विभिन्न ठाउँमा चुनावी सभामा भाषण गर्न पुगेका थिए । आली विराटनगर, हेटौंडा, पोखरा, भरतपुर, बुटवल, धनगढी, महेन्द्रनगर जस्ता ठूलो सहरमा चुनावी सभामा पुगेका थिए तर उनी जहाँ जहाँ गएर चुनावी सभामा भाषण गरेका थिए , ती सबै ठाउँमा एमालेले लज्जसपद हार व्यहोर्नु  परेको छ ।

हाल पोखरा, धरान, जनकपुर, विरगन्ज, भरतपुरको मत परिणाम आउन बाँकी छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo