KhabarUjyalo

प्रधानमन्त्री देउवाको गृह पालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको अग्रता

३१ बैशाख २०७९, शनिबार
प्रधानमन्त्री देउवाको गृह पालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको अग्रता

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् । ८०० मत गणना गर्दा कांग्रेसबाट इन्द्र कार्कीले ४ सय १२ मत, एमाले-बिपी कांग्रेसले सुरेन्द्र मालीले १९७ मत, माओवादी केन्द्र- एकीकृत समाजवादीबाट नर बहादुर बिष्टले ६६ मत,राष्ट्रिय जनमोर्चाका टंक अवस्थीले १३ मत र राप्रपाका कृष्ण देव भट्टले ९ मत ल्याएका छन्

उपाध्यक्षमा कांग्रेसकी ज्ञानु सेठी देउवाले ३ सय ६४ मत, एमालेका इन्द्र महराले १९९ मत, माओवादी केन्द्रका चन्द्र बहादुर मल्लले १३५ मत ल्याएका छन् ।

वडानम्बर १ को वडाध्यक्षमा १०० मतगणना गर्दा कांग्रेसका उम्मेदवार चन्द्र प्रकाश देउवाले ३३ मत , वीपी कांग्रेसका नरेन्द्र भण्डारीले ४७ मत र एकीकृत समाजवादीका रामचन्द्र जोशीले ६ मत ल्याएका छन् ।

यस्तै वडानम्बर २ को वडाध्यक्षमा ३०० मतगणना गर्दा कांग्रेसका उम्मेदवार मनोज देउवाले १०७ मत, वीपी कांग्रेस उम्मेदवार रमेश मालीले ९४ मत र एकीकृत समाजवादीका लक्ष्मी भण्डारीले ७२ मत ल्याएका छन् ।

वडा नम्बर ३ को वडाध्यक्षमा २०० मतगणना गर्दा कांग्रेसका उम्मेदवार चक्र देउवाले ९७ मत , एमालेबाट पुष्कर देउवाले ५१ मत र माओवादी केन्द्र गणेश बहादुर सार्कीले २९ मत ल्याएका छन् ।

यस्तै ४ को वडाध्यक्षमा २०० मतगणना गर्दा कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार भट्ट ११४ मत, एमालेका उम्मेदवार लोगराज भट्ट ४० र माओवादी केन्द्रकी अहिल्या कुवरले ३३ मत ल्याएकी छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo