धनगढी – प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनकाे चुनावी सभालाई सम्बाेधन गर्ने भएका छन् ।
धनगढीमा बिहान ११ बजे सत्ता गठबन्धनकाे चुनावी सभालाई नेताहरुले सम्बाेधन गर्ने भएका हुन्
धनगढीको चुनावी सभा सकिएपछि देउवा गृहजिल्ला डडेल्धुरा जाने छन्। भने प्रचण्डले धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बाेधन गर्नेछन् । उनी कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ ।

