धनगढी : सेती प्रादेशिक अस्पतालको प्रयोगशाला परिक्षणमा सुदुरपश्चिमका थप २० जनामा कोरोना पुष्टि भएको छ । मङलबार सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा ४९ जनाको गरिएको परिक्षणमा २० जनाको कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
धनगढीउपमहानगरपालीका १ का २ पुरुष र २ महिला गरी ४ जना, धनगढी ३ का १ जना महिला, धनगढी ५ का ५ जना पुरुष र २ जना महिला गरी ७ जना, धनगढी ६ का १ जना पुरुष, धनगढी ७ का ३ जना र धनगढी १६ का १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै भजनी नगरपालीकाका २ जना रहेका छन् । यस्तै कञ्चनपुरको बेलौरीका ८ का १ जना पुरुषमा कोरोना पोजेटिभ देखीएको अस्पतालका सुचना अघिकारी श्रेष्ठले जानकारी दिए । अहिले अस्पतालमा कुल संक्रमित मध्ये १ जना आइसियू २ जना भेन्टिलेटर र एक जना आईशोलेशनमा राखिएको जनाएको छ ।