चितवनको राप्तीमा वडा कार्यालयको भवन ढलान गरेर फर्किएका कामदार चढेको ट्याक्टर दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन्।
राप्ती नगरपालिकाको वडा नम्बर–११ को भवन ढलान गरेर फर्कने क्रममा चिउरीटार खोलामा ट्याक्टर दुर्घटनाग्रस्त भएको थियो। यो ठाउँ जिल्लाको पहाडी क्षेत्रमा पर्छ।
जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी सूर्यबहादुर थापाले दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको र ११ जनाको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको जानकारी दिए। अन्यको पूर्वी चितवनका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।