KhabarUjyalo

समृद्ध नेपाल सुखी नेपालीको आधार `टिपर र ट्रक व्यवसाय´ : शिक्षामन्त्री श्रेष्ठ

२७ चैत्र २०७७, शुक्रबार
समृद्ध नेपाल सुखी नेपालीको आधार `टिपर र ट्रक व्यवसाय´ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले टिपर तथा ट्रक व्यवसायलाई सम्मानित बनाउनुपर्ने बताएका छन् ।

नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको नवौँ वार्षिक साधारणसभा तथा छैँटौँ अधिवेशनको उद्घाटन गर्दै उनले समृद्ध नेपाल सुखी नेपालीको आधार टिपर तथा ट्रक व्यवसाय भएकाले यसलाई सम्मानित बनाउनुपर्ने बताएका हुन् ।

‘मुलुकको विकास निर्माणको अभियानमा टिपर तथा ट्रक व्यवसायीको महत्वपूर्ण योगदान रहेको छ, टिपर तथा ट्रकका चालक तथा सहचालक अनुशासित हुनुपर्छ,’ उनले भने ।

शिक्षामन्त्री श्रेष्ठले बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म टिपर तथा ट्रक सञ्चालन गर्ने निर्णय अव्यावहारिक भएको भन्दै यसलाई व्यावहारिक बनाउन आफूले सम्बन्धित निकायसँग छलफल गरेर निकाश निकाल्ने प्रतिबद्धता व्यक्त गरे ।

सांसद भूमी त्रिपाठीले टिपर र ट्रकलाई दिउँसोको समयमा नाकामा रोक्नुभन्दा सरकारले वैकल्पिक उपायको खोजी गर्नुपर्ने बताए ।

वाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले मुलुकको आर्थिक उपार्जनको मुख्य क्षेत्र टिपर तथा ट्रक भएकाले यसलाई निर्वाध ढङ्गले चल्ने वातावरण राज्यले निर्माण गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले टिपर तथा ट्रक व्यवसायमा निजी क्षेत्रको अर्बौँ लगानी रहेकाले त्यसको सुनिश्चिताका लागि राज्यले विशेष योजना ल्याउनुपर्ने उनको भनाइ थियो ।दृष्टिबाट

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo