KhabarUjyalo

कञ्चनपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

२५ चैत्र २०७७, बुधबार
कञ्चनपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

धनगढीः सुदूरपश्चिममा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय संक्रमित पुरुषको गएराति मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाकाअनुसार ती पुरुष २२ गते मात्र भारतको गुजरातबाट फर्किएका थिए। मृतकको शव बुधबार दिउँसो व्यवस्थापन गरिने प्रहरी नायब उपरीक्षक थापाले बताए। 

सुदूरपश्चिम प्रदेशमा गत चैत २१ गते कोरोना भाइरसको नयाँ प्रकार(भेरियन्ट) को संक्रमण पुष्टि भएको थियो।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo