KhabarUjyalo

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको बिरोधमा नेविसंघको प्रदर्शन

२३ चैत्र २०७७, सोमबार
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको बिरोधमा नेविसंघको प्रदर्शन

काठमाडौ : पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भइरहेको भन्दै नेविसंघले आज नेपाल आयल निगम परिसरमा विरोध प्रदर्शन गरेको छ। सरकारले कोरोना महामारीका बेला राहत दिनुपर्नेमा पेट्रोलियम पदार्थलगायतमा मूल्यवृद्धि गरिरहेको नेविसंघको भनाइ छ।

नेविसंघ महामन्त्री दीपक भट्टराईले पेट्रोलियम पदार्थलगायत सबै क्षेत्रमा मूल्यवृद्धि गरेर सरकारले जनताको शोषण गरिराखेको आरोप लगाए।

‘सरकारले कोरोना महामारीमा जनतालाई सहुलियत दिनुपर्नेमा उल्टो पेट्रोलियम पदार्थलगायतमा मूल्यवृद्धि गरेको छ। यसको जवाफ जनताले उचित समयमा दिने नै छन्,’ उनले भने।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo