KhabarUjyalo

ओली दलाल पुँजीवादको साथमा छन् : माधव नेपाल

२२ चैत्र २०७७, आईतवार
ओली दलाल पुँजीवादको साथमा छन् : माधव नेपाल

नेकपा (एमाले) का नेता माधकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली दलाल पुँजीवादको साथमा रहेको आरोप लगाएका छन् । शनिबार बानेश्वरस्थित बुद्धनगर पार्टी प्यालेसमा आयोजित काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रममा नेता नेपालले ओली दलाल पुँजीवादको साथमा रहेको र आफूहरू त्यसविरुद्ध संघर्ष गरिरहेको बताए ।

“केपी ओली दलाल पुँजीवादको साथमा छन् । हाम्राे लडाइँ पदको तानातनका लागस होइन विचारको लडाइँ हो,” उनले भने । 

उनले आफूहरू रहेको पार्टी मूल पार्टी रहेको समेत जिकिर गरे । आफूहरू संगठनात्मक रूपमा कमजोर नरहेको नेता नेपालको भनाइ छ । “मूल पार्टी यही हो । केपी ओलीले पर्टी नै कब्जा गरे भने छुट्टै कुरा हो,” उनले भने “हामी केपी ओलीले फालेर फालिने मान्छे होइनौं । कसैले प्रधानमन्त्रीको फूर्ति लाउँछ भने त्यसको काम छैन, कसैले संख्यात्मक कुरा गर्छ भने हामी संगठनको हिसाबले कमजोर छैनौं ।”

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo