धनगढी : कञ्चनपुरको महेन्द्रनगर,झलारी र कैलाली अत्तरियापछि ठुलो लगानीमा धनगढीको चटकपुरमा बिबि मार्ट प्रालिको चौथो शाखा केहिदिनमा सञ्चालनको तयारी रहेको छ ।
बिबि मार्ट प्रालिका कार्यकारी प्रमुख दिपेन्द्र ऐरका अनुसार ७ करोड लगानीमा पार्किङ ब्यवस्थासहित दैनिक उपभोग्य सामग्रीसहित किचन वेयर, रेडिमेट, लत्ताकपडा, चप्पल, जुत्ता र इलेक्ट्रोनिक्सका स्वदेशी उत्पादन र विदेशी ब्राण्डका सामग्रीका साथै कफी हाउससहित एउटै छानोमुनि ग्राहकको रोजाईअनुसार खरिद गर्न सकिने व्यवस्थासहितको बैशाख १ गते संचालन आउने तयारी रहेको बताए ।
एउटै छानामा ग्राहकले उचित समयमा उचित मुल्यको बस्तु प्रदान गर्ने संस्थाको उदेश्य रहेको दिपेन्द्र ऐरले बताए । मुख्यतय ग्राहकलाई सन्तुष्टि पार्ने र ग्राहकका गुनासालाई ग्रहण गरि बस्तु बिक्री पछिको सेवालाई ध्यान दिईने बताए । ब्यापारिक केन्द्र रुपमा रहेको धनगढी अन्य तीन शाखाको भन्दा ठूलो लगानीमा संचालन हुन गईरहेको बिबि मार्ट मुख्य शाखा रहने पनि बताए ।
एक बर्षमा चार शाखा बिस्तार गरेको बिबि मार्टले आगामी बर्षमा यी नै सेवालाई अझै उत्कृष्ट र अझै बिस्वस्नियतासहित बिस्तार हुन लगेका शहर टिकापुर,लम्की,लगायत पहाडी जिल्ला डडेल्धुरा,डोटि,अछाम,बैतडी दार्चुलामा जति छिटो बिस्तार गर्ने योजना रहेको कार्यकारी प्रमुख ऐरले बताए ।
चार शाखाबाट करिव ७५ जनाले प्रत्यक्ष रोजगारी पाउने बताए । संस्थाले स्थानीयस्तरमा उत्पादित बस्तुलाई प्राथमिकता दिईने बताए ।
“Value for Money,Value for Time to Costumer”