KhabarUjyalo

उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसले २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने

२ बैशाख २०७९, शुक्रबार
उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसले २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने

काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । 

कांग्रेसले आज शुक्रवार विज्ञप्ति निकालेर उत्कृष्ट अडियो/भिडिओ बनाउनेलाई दुई लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो । प्राप्त गीतमध्ये दर्शक, स्राेता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिने उपसमिति संयोजक डी.बी. गुरुङले बताउनुभयो । 

तयार पारिएको अडियो/भिडियोको लिङ्क कांग्रेस स्थानीय निर्वाचन प्रचारप्रसार समिति अन्तर्गतकाे सांस्कृतिक समन्वय समितिको फेसबुक पेजमा पठाउन सकिने  कांग्रेसले जनाएको छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo