KhabarUjyalo

आज फागुन २८ गते सोमबारको राशिफल

२८ फाल्गुन २०८०, सोमबार
आज फागुन २८ गते सोमबारको राशिफल

आज मिति वि.सं.२०८० फागुन २८ गते सोमबार ई.सं.२०२४ मार्च ११ तारिख

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनु हितकर होला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । दायित्व पूरा गर्नु हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन केही चुनौतीको सामना गर्नुपर्ला । स्वास्थ्य केही कमजोर रहला । नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट सोचेझैँ मद्दत नमिल्ने योग छ । वैदेशिक रोजगारीमा रहेकालाई चाहिँ फाइदा मिल्ने समय छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । नसोचेको ठाउबाट धनलाभ हुने योग छ । तथापि, बाध्यतामा अलमलिनुपर्दा काम रोकिन सक्छ । काम बिग्रने डरले सताउला । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । दौडधुप बढ्नेछ । समस्याको समाधान प्राप्त होला । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन मनोरञ्जनपूर्ण रहला । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । धनलाभ होला, साथै टाढाको यात्राको पनि सम्भावना देखिन्छ । कृषिक्षेत्रबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । परिवारिक सुख बढ्नेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुने समय छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): स्वास्थ्य कमजोर रहन सक्ने साय छ । मसलाजन्य खानाबाट सावधान रहनु हितकर होला । र पारिवारिक भेटघाट होला । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ने देखिन्छ । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । रसरागको भाव वृद्धि होला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहला । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा लाभ मिल्नेछ । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ, सचेत रहनुहोला । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । पराक्रम वृद्धि भइ समस्याको समाधान मिल्ने समय छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता वृद्धि हुनेछ । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने दिन छ । प्रतिस्पर्धी परास्त होलान् । पारिवारिक जमघटमा मन रमाउला, तर भेटघाटको अलमलले नोक्सान पु¥याउन सक्छ । मान वृद्धि हुनेछ । धन सम्पदामा बढोत्तरी हुने योग छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । आज ठूलै प्रयत्न गर्दा सामान्य मात्र फाइदा हुने योग रहेको छ । विदेश भ्रमणका लागि प्रयत्न गर्दा सफलता मिल्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दाम्पत्यसुख बढ्नेछ । शत्रु परास्त होलान् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुने समय छ । मेहनतले प्रशस्त लाभ उठाउन सकिएला । व्यापारमा पनि राम्रै फाइदा हुने योग छ । सहयोगीहरूबाट भने अलिक धोका मिल्ने सम्भावना छ, सचेत रहनुहोला । खर्चको मात्रा पनि बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त होला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । नयाँ कामको प्रस्तावमा हिम्मतको जरुरत छ । मित्रभाव वृद्धि होला । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तथापि, अनावश्यक वादविवादमा परिने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): होसियारीसाथ काम लिनुपर्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ, तर फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कृषिकर्म र व्यावसायिक काममा मनग्य फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मेहनतले कीर्ति दिलाउनेछ । आफन्तको साथ भने कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo