KhabarUjyalo

बैतडीको सिगासमा फलाम खानी भेटियो

१५ चैत्र २०७७, आईतवार
बैतडीको सिगासमा फलाम खानी भेटियो

बैतडी, १५ चैत । बैतडीमा फलाम खानी भेटिएको छ । जिल्लाको सिगास गाँउपालिका १ जुकेपानीमा फलाम खानी भेटिएको हो । 

वडाको दाब तथा ढणारीगाड, उत्तरमा जयपृथ्वी राजमार्ग बृन्दावनबाट करिब ३ किलोमीटरभित्र र दक्षिणमा खरक्यौडा भन्ने स्थानको बिचमा फलाम खानी भेटिएको जनाइएको छ ।

सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चिनको संयुक्त साझेदारीमा गाउँपालिका र वडा नम्बर १ को कार्यालयसंग दुई वर्ष पहिले सम्झौता गरी यही चैत्र ८ गतेबाट काम सुरु गरिएको बताइएको छ ।

सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करिब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको बताएको छ । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo