KhabarUjyalo

माधव नेपालले भने, ‘म बालुवाटार जान्न, सबै प्रकारको चुनौती सामना गर्न तयार छु’

१४ चैत्र २०७७, शनिबार
माधव नेपालले भने, ‘म बालुवाटार जान्न, सबै प्रकारको चुनौती सामना गर्न तयार छु’

काठमाडौं, १४ चैत । ‘तपाईहरुले किन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्नुभएको हो ?’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तोताको प्रश्नपछि एकछिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर हेर्नुभयो ।

त्यसपछि भन्नुभयो, ‘यो प्रश्न सोधेर मलाई गाह्रो नबनाउनुस् मलाई । (हा हा) ।’ कार्यक्रममा एक छिन हाँसो चल्यो । कार्यक्रम थियो, प्रज्ञा भवनको प्रांगणमा । त्यहाँ उपस्थित थिए, नेपाल र प्रचण्डसहित जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्ठ ठाकुर, नेपाली कांग्रेसका नेता मिनेन्द्ररिजाललयात नागरिक अभियन्ताहरु ।

‘नागरिकको प्रश्न, नेताहरूको जवाफ’ नामक आयोजित डबली कार्यक्रमको सुरुमा बोल्नुभएका नेता नेपालले आफू सबै प्रकारको चुनौतती सामना गर्न तयार रहेको बताउनुभएको छ । शनिबार बृहत् नागरिक आन्दोलनले आयोजना गरेको कार्यक्रममा अदालतको निर्णयपछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्कनुपर्ने पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अदालतको निर्णयपछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्कनुपर्छ । हामी त्यसको पक्षमा छौँ। त्यसका लागि म बालुवाटार जान्न, सबै प्रकारको चुनौती सामना गर्न तयार छु।’

नेता नेपालले पार्टी आन्दोलनबाट खुट्टा कमाएर हिँड्नेवाला नभएको समेत बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कम्युनिस्ट पार्टीमा अधिनायकवाद स्वीकार्य छैन। मूल मान्छेबाट पार्टीको विधान मिच्ने काम भइरहेको छ। हामी त्यही उपचार गर्न खोजिरहेका छौँ ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo