KhabarUjyalo

जनताले नपत्याउने नेतामध्ये प्रधानमन्त्री ओली अग्रस्थानमा !

१३ चैत्र २०७७, शुक्रबार
जनताले नपत्याउने नेतामध्ये प्रधानमन्त्री ओली अग्रस्थानमा !

अध्ययनले राजनीतिक दलका नेताहरूको विश्वसनीयता कम रहेको पनि देखाएको छ । त्यसमध्ये पनि नागरिकले सबैभन्दा धेरै नपत्याउने नेतामध्ये प्रधानमन्त्री केपी शर्मा ओली अग्रस्थानमा देखिन्छन् । अध्ययनको नतिजाअनुसार ६०.५ प्रतिशत नागरिकले राजनीतिक दलका नेताका अभिव्यक्तिलाई पत्याउँदैनन् । ४६.९ प्रतिशतले त प्रधानमन्त्री ओलीका अभिव्यक्तिलाई नै नपत्याउने गरेको अध्ययनले देखाएको छ । नेताका अभिव्यक्ति पत्याउनेमध्ये ११.३ प्रतिशतले मात्रै प्रधानमन्त्रीको कुरामा विश्वास गर्ने जवाफ दिएका छन् । त्यस्तै, ४५.७ प्रतिशतले संघ र प्रादेशिक मन्त्रीका अभिव्यक्तिमा विश्वास नगर्ने देखिएको छ । आफैँले चुनेर पठाएका जनप्रतिनिधि विशेष गरी सांसदको अभिव्यक्तिमा ४६.१ प्रतिशतले विश्वास नलाग्ने जवाफ दिएका छन् । विश्वास गर्नेको सूचीमा सबैभन्दा अगाडि सञ्चारकर्मी रहेका छन् । अध्ययनले सबैभन्दा धेरै ३२.३ प्रतिशतले आफूलाई पत्रकारको सूचनामा विश्वास लाग्ने बताएका छन् । विश्वास नगर्नेमध्ये १३.६ प्रतिशतले पत्रकारको कुरा नपत्याउने जवाफ दिएका छन् । नयाँ पत्रीकाबाट

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo