KhabarUjyalo

माधव नेपालको युग सकियो : गोकुल बाँस्कोटा

९ चैत्र २०७७, सोमबार
माधव नेपालको युग सकियो : गोकुल बाँस्कोटा

काठमाडौं, प्रमुख सत्तारुढ दल नेकपा (एमाले) नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधव नेपालको युग सकिएको बताएका छन् । आइतबार एक टेलिभिजनमा अन्तर्वार्ता दिदै बास्कोटाले माधव नेपालको युग सकिएको अब पछाडि पर्दै गएको पनि बताए ।

माधव नेपाललाई व्यंग्य गर्दै पहिले मोर्चाको पार्टी थियो अब पार्टीको युग सुरु भएको पनि उनले बताए । यस्तै पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक फासिवाद मुख्य नाईके भएको आरोप लगाएका छ । १७ हजार सोझा जनताको फाँसी दिने अनि कम्युनिस्ट हु भन्ने उनले प्रश्न गरे ।

निर्वाचनमा जाने कुरा कुन प्रतिगमनकारी कुरा थियो ? भन्ने प्रश्न गरेका छन् । उनले संसदले सरकार दिन नसक्ने अवस्था भयो भने मुलुक चुनावमा जाने निश्चित रहेको बताए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo