KhabarUjyalo

कांग्रेस नेता जोशीको स्वास्थ्य लाभको कामना गर्दै उग्रतारा मन्दिरमा पूजा अर्चना !

८ चैत्र २०७७, आईतवार
कांग्रेस नेता जोशीको स्वास्थ्य लाभको कामना गर्दै उग्रतारा मन्दिरमा पूजा अर्चना !

धनगढी  नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य लाभको कामना गर्दै डडेल्धुराको उग्रतारा भगवतीको मन्दिरमा पूजा अर्चना गरिएको छ।

फागुन १४ गतेदेखि काठमाडौको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै डडेल्धुरा उग्रतारा मन्दिरमा संकल्पसहित सम्पुठित शप्तशति पाठ गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुुदूरपश्चिम प्रदेश सभाका सांसद कर्णबहादुर मल्लले बताए।

उत्त पुजा अर्चना कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य समाजवादी नेता मनमोहन भट्टराईसहित नेपाली कांग्रेस डडेल्धुराका जिल्लास्तरीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेता जोशीको पुख्यौली घर उग्रतारा मन्दिर नजिकैको तिलाडी गाउँमा रहेको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo