KhabarUjyalo

मदन भट्ट प्रोफेसनल इन्स्योरेन्स एजेन्टको अन्तरास्ट्रिय उपाधी टिओटीबाट सम्मानित

६ चैत्र २०७७, शुक्रबार
मदन भट्ट प्रोफेसनल इन्स्योरेन्स एजेन्टको अन्तरास्ट्रिय उपाधी टिओटीबाट सम्मानित

धनगढी : धनगढी उपमहानगरपालिका ३ का मदन भट्ट प्रोफेसनल इन्स्योरेन्स एजेन्टको अन्तरास्ट्रिय उपाधी टप अफ टेवल (टिओटी)बाट सम्मानित भएका छन् । प्रोफेसनल इन्स्योरेन्स एजेन्टको संगठन अमेरिकामा रहेको मिलियम डलर राउन्ड टेवलको माथिल्लो उपाधी टप अफ टेवल (टिओटी)बाट शुक्रबार काठमाडौमा सम्मानित भएका हुन् ।

अमेरिका,अष्ट्रेलिया,जापान, लगायत देशहरुमा प्रोफेसनल इन्स्योरेन्स एजेन्टमा १३८ देशका सदस्य आवद्ध रहेकाले ७ दिनको तालिमपछि हरेक बर्ष इन्स्योरेन्स एजेन्टलाई सम्मानित गर्ने गरेको छ । सबैभन्दा बढी ब्यापार गर्नेलाई उपाधी दिने गरेको छ । नेपालका दुई ठुला बिमा कम्पनी लाईफ इन्स्योरेन्स कम्पनी र नेपाल लाईफ इन्स्योरेन्समा उत्कृष्ट अभिकर्ता रुपमा सफल भैइसकेका छन् ।

भट्ट सन् २००८ लाईफ इन्स्योरेन्स कम्पनी र २०१२ मा नेपाल लाईफ इन्स्योरेन्समा नेपाल टप भईसकेका छन् । यस बर्ष पनि प्रदेश नम्बर ५,६ र ७ मा सबै भन्दा बढिको बिमा कारोबार गर्नेमा छ्नोट भएका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo