KhabarUjyalo

धनगढीमा चैत ७ गते सुदूरपश्चिम क्षेत्रीय कथाव्यास प्रथम सम्मेलन हुने

६ चैत्र २०७७, शुक्रबार
धनगढीमा चैत ७ गते सुदूरपश्चिम क्षेत्रीय कथाव्यास प्रथम सम्मेलन हुने

धनगढी : धनगढीमा सुदूरपश्चिम क्षेत्रीय कथाव्यास प्रथम सम्मेलन हुने भएको छ । नेपालभरि  रहेका सबै कथाव्यासहरुलाई एकै छातामुनि राख्ने उदेश्यले चैत ७ गते श्री लक्ष्मी नारायण मन्दिर धनगढीको प्राङ्गणमा हुने शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

सुदूरपश्चिम कथाव्यास तैयारी समितिको आयोजनामा प्रथम पटक सो कार्यक्रम हुन लागेको संयोजक खगेन्द्र अवस्थीले जानकारी दिए ।

उनका अनुसार कथाव्यास कार्यक्रममा ६० बर्ष भन्दा माथि र ८० बर्ष भन्दा माथिका कथाव्यासहरुलाई बिशेष सम्मानको कार्यक्रम समेत रहेको जनाएको छ । सो कार्यक्रममा सुदूरपश्चिम भरिका ९० जना गुरुहरु र केन्द्रीय समितिको समेत सहभागिता रहेने आयोजकले जनाएको छ । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo