काठमाडौ : नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वउद्योगमन्त्री एवं कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको भन्दै केही मिडियाले खबर सम्प्रेषण गरे।
केही मिडियाले समाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेसँगै धेरैको नेता जोशीप्रति निधन भएको ठानेर समवेदना प्रकट गर्ने क्रम बढ्यो।
नेपाली काङ्ग्रेसका युवानेता प्रदीप पौडेललगायत जोशीको थुप्रै शुभचिन्तकहरूले समाजिक सञ्जालमा उनीप्रति समवेदना दिनथाले।
समाजिक सञ्जाल जोशीको निधनको श्रद्धाञ्जलीले स्तब्ध बनिरहँदा संलग्न चिकित्सक डा.राजीव झालाई पटक–पटक सम्पर्क गरिरहेको थियो। र, झाले अवस्था गम्भीर रहेपनि निधनको खबर सत्य नरहेको बताइरहे।
…
बुधबार बिहानसम्म समाजिक सञ्जालमा जोशीको श्रद्धाञ्जलीमात्रै छ्याछ्याप्ती देखिन थाल्यो।
‘जोशीको अवस्था गम्भीर रहेपनि निधन चाहिँ भएको छैन,’ बुधबार बिहान अस्पताल परिसरमा भेटिएका डा.झाले भने।
मंगलबार राति फैलिएको अपवाहका कारण रातभर आएको फोनले आफूलाई हैरान बनाएको उनको भनाइ थियो।
बुधबार बिहानै अस्पताल प्रशासनले प्रेस नोट जारी गरेर नेता जोशीको उपचार भइरहेको जनायो।
‘जोशीको अवस्था गम्भीर छ भेन्टिलेटरमा राखेर उपचार भइरहेको,’ अस्पतालले जारी गरेको प्रेस नोट जारी गरेर भन्यो।
…
जोशीको स्वकीय सचिव पुष्करराज पाण्डेले केही मिडियाले गलत समाचार सम्प्रेषण गरेको प्रति दुःख व्यक्त गरे।
‘वास्तविकता नै नबुझेर सञ्चारमाध्यमलाई मृत्युको समाचार लेख्न कस्तो हतारो,’ अस्पताल परिसरमै भेटिएका पाण्डले भने,‘यसले हामीलाई निकै दुःखी बनाएको छ। जिउँदो मान्छेलाई ‘रिप’ लेख्ने समवेदना हराएको हाम्रो कस्तो समााज?’
कांग्रेस केन्द्रीय सदस्य पौडेललगायत ‘श्रद्धाञ्जली’ व्यक्त गर्ने थुप्रै व्यक्तिरू समाजिक सञ्जालबाट आफ्ना पोस्ट हटाइसकेका छन्।