KhabarUjyalo

नर्भिकले भन्यो- नेपाली कांग्रेसका नेता जोशीलाई भेन्टिलेटरमा राखेर उपचार हुदैछ

४ चैत्र २०७७, बुधबार
नर्भिकले भन्यो- नेपाली कांग्रेसका नेता जोशीलाई भेन्टिलेटरमा राखेर उपचार हुदैछ

काठमाडौं । नर्भिक अस्पतालले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ । अस्पतालले बुधबार बिहान प्रेस विज्ञप्ति जारी गरेर उनको स्वास्थ्य अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको जनाएको हो ।

यस्तो छ प्रेस विज्ञप्ति
यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो ।

तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ ।

प्रमुख–कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्ट
नर्भिक इन्टरनेशनल हस्पिटल प्रालि
सम्पर्कः ९८५१०१५३९४

२०७७ चैत ४ गते बिहान ७ बजे

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo