KhabarUjyalo

नारायणहिटी र पशुपति धर्मशालालाई कौडीको भाउमा दिनेलाई जनताले बैशाख ३० गते जवाफ दिन्छन् : मन्त्री आले

५ चैत्र २०७८, शनिबार
नारायणहिटी र पशुपति धर्मशालालाई कौडीको भाउमा दिनेलाई जनताले  बैशाख ३० गते जवाफ दिन्छन् : मन्त्री आले

काठमाडौ. । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी निर्वाचन एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा गौरीशंकर च्छोरोल्पा मिडियाको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा जनताले एमाले सरकारको पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी र पशुपति धर्मशाला दिएको भन्दै यसको जवाफ बैशाख ३० गतेको निर्वाचनबाट पाउने धारणा राखे । यस्तै उनले आगामी निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने दावी गरेको एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताएका हुन् ।

त्यस्तै उनले आफुलाई एकीकृत समाजवादीले निकै ठूलो जिम्मेवारी दिएको भन्दै आफू मन्त्री पदमा रहुन्जेल कसैको शीर निहुरन नदिने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo