KhabarUjyalo

गृहजिल्लामा काँग्रेस एकढिक्का बनाउन देउवाले थाले जिल्लास्तरका नेताहरुसंग छलफल

२१ फाल्गुन २०७८, शनिबार
गृहजिल्लामा काँग्रेस एकढिक्का बनाउन देउवाले थाले जिल्लास्तरका नेताहरुसंग छलफल

काठमाडौ : नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा काँग्रेस नेताहरुबीच देखिएका द्वन्द्व समाधान गरेर एकढिक्का बनाउन छलफल शुरु गरेका छन। एकलौटी रुपमा गृहजिल्ला डडेल्धुराको सातौं जिल्ला अधिवेशन सम्पन्न गराएर नेपाली काँग्रेस डडेल्धुराका तत्कालिन जिल्ला सभापति कर्णबहादुर मल्ललाई राजनीतिबाटै ‘बाईपास’ गराउन खोजेका प्रधानमन्त्री देउवाले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर गृहजिल्लामा काँग्रेस एकतावद्ध बनाउने भन्दै जिल्लास्तरीय नेताहरुसँग परामर्श थालेका हुन्।

नेपाली काँग्रेस डडेल्धुराको पाँचौ र छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित सभापति मल्ललाई महाधिवेशन प्रतिनिधी समेत हुन नसक्नेगरि रोक्ने अभिप्रायले जिल्लाबाट सिफारिस गरेर पठाईएका क्रियासिल सदस्यता केन्द्रबाट फेरबदल गर्न भूमिका निर्वाह गरेका प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले तत्कालिन जिल्ला कार्यसमितिको वहिष्कारकाबीच एकलौटी रुपमा सातौं जिल्ला अधिवेशन सम्पन्न गराएका थिए।तत्कालिन सभापति मल्लसहित उनी पक्षीय नेताहरुले बहिष्कार गरेको सातौं जिल्ला अधिवेशनमार्फत परशुराम नगरपालिकाका प्रमुखसमेत रहेका सुदूरपश्चिम प्रदेशका शिर्षस्थ निर्माण व्यवसायी भिमबहादुर साँउदलाई नेपाली काँग्रेस डडेल्धुराको सभापति बनाउन देउवाले सघाएका थिए। जिल्लास्तरमा क्रियासिल काँग्रेस नेताहरुसँग छलफल शुरु गरे पनि प्रधानमन्त्री देउवाले मल्ललाई एक्ल्याउने सोचमा परिवर्तन गरेका छैनन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo