KhabarUjyalo

साहित्यले बौद्धिकतामा निखार ल्याउन्छ : नैनसिंह महर

२१ फाल्गुन २०७८, शनिबार
साहित्यले बौद्धिकतामा निखार ल्याउन्छ : नैनसिंह महर

काठमाडौँ ।  नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले साहित्यले बौद्धिकतामा निखार ल्याउने बताएका छन् ।

सुदूपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित साहित्य महोत्सवअन्तर्गको ‘राजनीतिमा साहित्य र बौद्धिकता विषयक’ बहसमा नेता महरले साहित्य कल्पना सिल हुने भएकाले त्यसले चेतनाको स्तरमा वृद्धि गर्ने बताए। ‘साहित्यले समाज लेख्छ। राजनीति समाजका लागि हो।

समाज बुझ्न साहित्य पढ्नुपर्छ। संस्कृति र इतिहास बुझ्न साहित्यकारले लेखेका पुस्तक पढ्नुपर्छ। जसले हाम्रो बौद्धिकतामा निखार ल्याउँछ,’ उनले भने । राजनीति र साहित्यले कल्पना गर्ने भएकाले त्यसले बौद्धिकतामा प्रभाव पार्ने महरले बताए। ‘कल्पना गर्ने मान्छेले समाजका विभिन्न आयामका बारेमा चिन्तन गर्छन्। उक्त चिन्तनले बौद्धिकताको विकास गर्छ। साहित्यकार चिन्तनशील भएकैले बौद्धिक पनि हुन्छन्,’ उनले भने।

उनले बिपी साहित्यमा अब्बल भएको बताए। बिपी साहित्य र राजनीति दुबैका कुशल चिन्तक भएको बताउँदै नेता महरले त्यसैको प्रतिफल स्वरूप आज बिपी अमर हुन पुगेको बताए। साहित्य र बौद्धिकताको नङ–मासुको जस्तो सम्बन्ध रहेको उनी बताउँछन्। उनले अहिले मूल राजनीति सम्हाल्ने नेतामा बौद्धिकताको खडेरी रहेको समेत टिप्पणी गरेका छन्।

एमसीसी माथिको बबन्डर र अरुण तेस्रो फेल हुनुलगायका कुराले पनि केही नेपाली नेताको अदूरदर्शी चिन्तन प्रस्ट भएको बताए। उनले कुशल राजनीतिज्ञले सधैँ बौद्धिक चिन्तनको प्रयोग गर्नू पर्ने बताएका छन्। ‘देशभित्र बौद्धिक क्षमता भएका व्यक्ति हुन्छन्।

कुनै नेतामा सबै क्षेत्रको ज्ञान हुँदैन। तर, उसले देशमा रहेका बौद्धिक व्यक्तिहरूको बौद्धिकताको सदुपयोग गर्नुपर्छ,’ नेता महरले भने ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo