KhabarUjyalo

बलात्कारको झुठो आरोप लगाउने महिलालाई कैद सजाय

२ चैत्र २०७७, सोमबार
बलात्कारको झुठो आरोप लगाउने महिलालाई कैद सजाय

सुर्खेत जिल्ला अदालतले बलात्कारको झुठो आरोप लगाउने एक महिलालाई उल्टै कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएर बयान बदल्ने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई आज तीन वर्ष छ महिना कैद सजाय सुनाएको हो ।

अदालतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाका अनुसार झुठो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई उल्टै इजलासले कैद सजाय तोकेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप लगाउँदै ती महिलाले गत असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

पुर्पक्षका लागि थुनामा रहेका शर्मालाई अदालतले निर्दोष ठहर गरेको छ । अदालतले सजाय तोकिएकी महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo