KhabarUjyalo

प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन

१८ फाल्गुन २०७८, बुधबार
प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गरेको फोन प्रधानमन्त्री देउवाले सिसिभ गरेको विदेश मन्त्रीको सचिवालयले ट्वीट गर्दै जानकारी दिएको छ ।

फोन वार्तामा रुस युक्रेनको युद्धमा नेपालले युक्रेनलाई गरेको समर्थन र एमसीसीका बिषयमा छलफल भएको विदेशमन्त्रीको सचिवालयले जनाएको छ । केही दिनअघि नेपालले युक्रेनलाई समर्थन गरेको थियो ।

बिशेषगरी अमेरिकाले एमसीसीबारेमा आर्थिक विकास र क्षेत्रीय चुनौतिहरू सँगै मिलेर काम गर्न जारी राख्नेछौं जनाएको ट्वीटमा जनाइएको छ । राति भएको कुराकानीका कारण नेपालले भने विदेशमन्त्री सँगको कुराकानी सावैजनिक गरेको छैन ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo